शुक्रबार, बैशाख १४, २०८१

समाचार प्रभाव: सच्चियो मन्त्रालयको तथ्यांक

काठमाडौं, मंसिर । कृषि विकास मन्त्रालयले आफैले सार्वजनिक गरेको सूचनालाई गलत भन्दै सच्याएको छ । कृषि विकास मन्त्रालयको आधिकारीक वेवसाईटमा राखिएको सूचना अनुरुप एक दिनको कार्यक्रमा लागि ११ लाख खर्च गरिएको विषयमा कृषि अनलाइनले समाचार संप्रेषण गरेपछि कृषि विकास मन्त्रालयको उच्च अधिकारीहरु सचेत भएका छन् । mantri-itali-webकृषि अनलाईनले समाचार प्रकाशन गरेको १२ घण्टा पनि वित्न नपाउंदै आफैले सार्वजनि गरेको भ्रमण भत्ता सम्वन्धि सूचना गलत भएको भन्दै सच्याएको कृषि विकास मन्त्रालय लेखा शाखाले कृषि अनलाईनलाई बताएको छ । sacyahil
कृषि अनलाईलन प्रकाशन गरेको समाचारकै प्रभावका कारण सूचना सच्चिएर आएको छ । सो सूचनाका एक दिने कार्यक्रमा रोम पुगेका कृषि मन्त्री चौधरी र रोम जांदै नगएका सहसचिव योगेन्द्र कार्कीको नाममा ११ लाख भुक्तानीको सार्वजनिकीकरण गरेको थियो । कृषि विकास मन्त्रालयका लेखा शाखाका उपसचिव कृष्ण तिमल्सेनाले गल्ती भएको स्वीकार गर्दै आफूहरुले खर्च गरिएको भनिएको ११ लाख रुपैयांको विस्तृत नै सार्वजनिक गरेको बताइको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १९, २०७३