शुक्रबार, बैशाख १४, २०८१

सफल प्राङ्गारिक मलको किसान ठग्ने काम असफल

विराटनगर, असोज । कृषि विकास मन्त्रालयका माटो व्यवस्थापन निर्देशनालयबाट ५० प्रतिशत अनुदान लिएर प्राङ्गारिक मल कारखाना सञ्चालन गरेको जनकपुर फर्टिलाजर इण्डष्ट्रिजले प्राङ्गारिक मलमा रासायनिक मल मिसाएर किसानहरु ठगि गरेको प्रमाणित भएपछि सो उद्योगमा सिल लगाइएको छ । copost fartiizer
कृषि विकास मन्त्रालयबाट अनुदान लिएर प्रांगारिक मल कारखाना सञ्चालन गरेपनि प्रांगारिक मलका नाममा माटो मिसाउने र गुणस्तरहीन प्रांगारिक मल किसानहरुलाई विक्री गर्दै आईरहेको समाचार कृषि अनलाईनले गत वर्ष प्रकाशन गरेको थियो भने कृषि साप्ताहिकले पनि गत अंकमा प्रकाशित गरेको थियो । कृषि विकास मन्त्रालयले सो कारकाखालाई कार्वाही गर्नुको सट्टा मन्त्रालय मौन बसेको थियो ।
प्रांगारिक मल संघका सदस्य समेत रहको गोविन्द झुनझुनवालाले सञ्चालन गरेको जनकपुर फर्टिलाईजरले सफल नामक मल उत्पादन गरी किसानहरुलाई विक्री गर्दै आईरहेको थियो । लामो समयदेखि प्रांगारिक मलमा किसान ठगि गर्दै आईरहेको जनकपुर फर्टिलाइजनर अन्ततोगत्वा सरकारी फन्दामा परेको छ ।
प्रांगारिक मल भन्दै रासायनिक मल मिसावट गरे करोडौं रुपैयाँको मल विक्री गरी किसान ठगि गर्दै आईरहेको सो कम्पनीमा अनुगमन गर्दा प्राङ्गारिक मलमा रासायनिक मल मिसावट गरेको पाईएपछि मोरङ्ग सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलेको निर्देशनमा जिल्ला कृषि विकास कार्यालय मोरङ्गले सिल गरेको छ ।
जनपुर फर्टिलाईजनर अनुगमनका क्रममा अवरोध पु¥याउने प्रयास समेत गरिएको थियो । अनुगमनका क्रममा अवरोध भएपछि डिएसपी विष्णुहरी कोइरालाको नेतृत्वमा प्रहरी परिचालन समेत गरिएको थियो । प्रांगारिक मल उत्पादनका लागि कुखुराको सुली, खरानी हड्डीको चूर्ण, कम्पोष्ट मल कृषि चुन लगायतका सामग्री प्रयोग गर्नु पर्ने हुन्छ ।
तर जनकपुर फर्टिलाइजरले प्रांगारिक मल उत्पादनमा रासायनिक मल समेत प्रयोग गरिएको अनुगमनमा भेटिएको थियो । प्रांगारिक मलका नाममा किसान ठग्नेलाई गोविन्द झुनझुन र जनकपुर फर्टिलाइजरलाई के कार्वाही होला हेर्न वाँकी नै छ ?

प्रकाशित मिति: बुधबार, अशोज २५, २०७४