मङ्लबार, बैशाख २५, २०८१

राउटे तरकारी खेतीतर्फ आकर्षित

डडेल्धुरा, असोज : पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरू आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।
पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् । मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक रूपमै तरकारी खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताए । उनीहरू घर–घरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन् ।

प्रकाशित मिति: सोमवार, अशोज २३, २०७४