शनिबार, बैशाख १५, २०८१

लाली गुराँस सहकारीका निर्देशकलाई लाखौको सुविधा

laligurans

काठमाडौं,१६ चैत्र । गाउँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नारा यतिखेर ठ्याक्कै उल्टो भएको छ । शहरदेखि गाउँसम्म घरघरमा सहकारी कोठा कोठामा बेरोजगारीले नेपाली युवाहरुलाई सताएको छ । त्यसमाथि पनि सहकारीहरुले नीति नियमहरुलाई धोती लगाईदिएपछि कसको पो के लाग्छ र π सहकारीको नियम एकातिर अनि सहकारी सञ्चालकहरु अर्कोतिर भएपछि साना साना रकम जम्मा पारेर व्यवसाय गर्न खोज्नेहरुको रकम नै बालुवामा पानी हाले बराबर हुने देखिएको छ । ओरेण्टल सहकारीका सुधिर बस्नेतले करोडौं रुपैयाँ झ्वाम पारेपछि यतिखेर सहकारीमा निक्षेप संकलन गर्नेहरु सर्तक त हुन खोेजेका छन् तर निक्षेपकर्ता जति नै सजग भएको भएपनि हातमा लाग्यो शुन्य भएको छ ।
सुन्दा अचम्म लाग्न सक्छ, बहुउदेश्यीय सहकारीको संस्थाको कार्यकारी निर्देशकले व्यवसायिक वैंकका कार्यकारी निर्देशकहरुले खाएको भन्दा पनि बढी तलव खायो भने निक्षेपकर्ताहरुको निक्षेप सकिन कति वेर लाग्छ र ? सहकारीलाई कृषि उत्पादनमा लगाउने जोड दिने भन्दै अन्तर्राष्ट्रिय सहकारी महासम्मेलन समाप्त भईसकेको छ । केही घोषणा जारी पनि भए । तर त्यस्तो घोषणालाई लालीगुराँस सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी जस्ता व्यक्तिहरुले त्यत्तिकै उडाईदिने छन् ।जनताले थोरै थोरै रकम संकलित गरेको बचतबाट मासिक करीव २ लाखको हाराहारीमा तलव खाने सुरेन्द्र भण्डारीलाई न त डिभिजन सहकारी कार्यालय प्रमुखले आँखा लगाउन सकेको छ । नत सहकारी विभागले नै । सत्ता र शक्तिको अगाडि सवै लर्तङ्क परेपछि सहकारीको पदाधिकारी भएकै व्यक्ति कार्यकारी निर्देशक पद समेत लिएर जनताको लाखौं रुपैया“ कुम्ल्याउन सफल भएको छ । यही अवस्थामा भण्डारीलाई सहकारी सञ्चालकहरुले तलव ख्वाउँदै सहकारी चलाउने प्रयास गरेभने केही समयमा नै लाली गुरास पनि ओरेण्टलकै मार्गमा नजाला भन्न सकिँदैन ।

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७०