शनिबार, बैशाख १५, २०८१

किसान आयोगमा चित्रबहादुर नियुक्त

काठमाडौं, फागुन । लामो समय पश्चात सरकारले किसान आयोगको अध्यक्षमा चित्रबहादुर श्रेष्ठलाई नियुक्ति गरेको छ । फागुन ९ गते बसको मन्त्रीपरिषद्को वैठकले नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष श्रेष्ठलाई नियुक्ति गरेको हो । chitra bahadurसरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गरेसंगै कृषि विकास मन्त्रालय आफ्नो वेवसाईट मार्फत किसान आयोगका पदाधिकारीहरुका लागि खुल्ला आवेदन माग गरेको थियो । पाँच दिने उक्त सूचनाका आधारमा किसान आयोगको अध्यक्षका लागि डा.कृष्ण पौडेल र चित्रबहादुर श्रेष्ठले आवेदन पेश गरेका थिए ।
सरकारले राष्ट्रिय किसान आयोगका अध्यक्षलाई राज्यमन्त्री सरहको सेवा सुविधा दिने निर्णय समेत गरेको छ । फागुन ९ गतेको मन्त्रीपरिषद्को वैठकले अध्यक्ष नियुक्ति गरेपनि आयोगका लागि आवश्यक अन्य पाँच जना सदस्य भने तोक्न सकेको छैन । आयोगको सदस्य सचिवमा बन तथा कृषि समूहका सहसचिव रहेन व्यवस्था गरिएको छ । सदस्य सचिवमा नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी अर्थात सचिव पद राख्ने शुरुवाती व्यवस्था भएको भएपनि मुख्य सचिव डा. सोमलाल सुवेदीले सचिव पद हटाएर सहसचिव नै सदस्य सचिव हुने गरी स्वीकृत गराएका थिए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १२, २०७३