बुधबार, बैशाख २६, २०८१

कृषि इन्जिनियरिङ्गको १५ लाख तीन दिनमा स्वाहा !

काठमाडौं, फागुन । कृषि विकास मन्त्रालय मातहतमा रहने निर्देशनालयहरुले खर्च गर्ने बजेट मनलाग्दोसंग विनियोजन गर्ने गरेका कारण त्यस्ता रकम खर्च गर्नका लागि मात्र देखिएको छ । विगतदेखि नै कृषि क्षेत्रका यान्त्रिकीकरण बढाउनका लागि किसानहरुलाई मेशिन तथा औजार किन्नका लागि भन्दे ५० प्रतिशतसम्म अनुदान दिने गरिएको भएपनि अस्वस्थ प्रतिष्पर्धा र आर्थिक अनियमितताका कारण मन्त्रालयले वितरण गर्ने अनुदान बालुवामा पानी बराबर नै देखिन्छ । ministry of agriculture
गत आर्थिक बर्षमा मात्र किसानहरुलाई हाते ट्रयाक्ट, मिनी टिलर, पावर टिलर उपलब्ध गराउने नाममा करोडौं रुपैयां अनियमितता भएको चर्चा नचलेको पनि होइन । तात्कालीन कृषि सचिव उत्तमकुमार भट्टराई र कृषि इन्जिनियरिङ्ग निर्देशनालयका कार्याक्रम निर्देशक मधुसुदन बन्स्यात विरुद्ध अख्तियारमा समेत उजुरी परेको मन्त्रालयकै कर्मचारीहरु बताउंछन् ।
चालु आर्थिक बर्षमा जिल्ला जिल्लामा किसानहरुले माग नै नगरेपछि कमिशनको लोभमा मिनी टिलर वा पावर टिलर अनुदानमा वितरण गर्नका लागि बजेट संशोधन गर्नका लागि पठाउने गरिएको श्रोतले बताएको छ । यद्यपी चालु आर्थिक बर्षमा कृषि इन्जिनियरिङ्ग निर्देशनालयले कृषि प्रर्दशनीका लागि ३० लाख बजेट विनियोजन गरेको देखिन्छ । तर सो रकम मध्येको आधा रकम अर्थात काठमाडौंमा जारी एक प्रर्दशनी कार्यक्रममा व्यवसायीहरुको संस्थालाई उपलब्ध गराएपछि त्यसको चर्चा मन्त्रालयमा हुन थालेको छ । तीन दिने प्रर्दशनीका लागि भन्दै १५ लाख सहयोग उपलब्ध गराएपछि तीन दिनमा १५ लाख स्वाहा हुने भएपछि यसको चर्चा भएको हो । सो विषयमा निर्देशनालयका कार्यक्रम निर्देशक मधुसुदन बस्न्यातसंग कुरा गर्दा उनले विनियोजित बजेटबाट नै प्रर्दशनीका लागि १५ लाख उपलब्ध गराएको बताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ६, २०७३