शनिबार, बैशाख १५, २०८१

बारीको कान्लामा तेल, पेट्रोल पम्पमा लामो लाइन

काठमाडौँ, असोज । बारीको कान्ला, कान्लामा तेल उत्पादन हुनसक्छ र मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्न सकिन्छ भन्ने कुरा थोरै मान्छेलाई मात्र थाहा छ । तर सरकारले प्रभावकारीरुपमा सहयोग गर्न नसक्दा बारीको कान्लामा उत्पादन हुने तेललाई न त मुलुकले सदुपयोग गर्न सकेको छ, न त त्यसको व्यावसायिक उत्पादन नै हुन सकेको छ । केही प्रयास गरिएको भएपनि त्यसले साकार रुप पाउन सकेको छैन ।
यो सजिवनको कुरा हो । यसको चर्चा त्यतिबेला हुन थाल्छ, जब मुलुकमा इन्धनको चरम सङ्कट हुन पुग्छ । नेपालको जुनसुकै स्थानमा पनि सजिवनको सहजरुपमा खेती गर्न सकिन्छ । तर त्यसतर्फ हालसम्म कुनै पनि औपचारिक प्रयास हुन सकेको छैन । जब जब मुलुकमा इन्धनको चरम अभाव हुन थाल्छ तब मात्रै सजिवन खेतीको चर्चा परिचर्चा हुने गरेको छ । तर सजिवन खेतीमा संलग्न भएका किसान भने क्रमशःसजिवन खेती छाड्दै अन्य खेतीमा लाग्न थालेका छन् । sajiwan
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मुलुकमा सजिवन खेतीलाई प्रभावकारीरुपमा अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रम पनि सुरु ग¥यो, तर हाल सो कार्यक्रम कुन रुपमा अगाडि बढिरहेको छ भन्नेमा न त केन्द्रलाई जानकारी छ न त किसानलाई नै त्यस बारेमा जानकारी छ ।
मुलुकमा वार्षिक करिब रु दुई खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । तर बारीको कान्लामा फल्ने सजिवनलाई व्यावसायिकरुपमा अगाडि बढाउन नसक्दा मुलुकले ठूलो परिणामको रकम बाहिरिने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले ठूलो परिमाणमा बायोडिजेल निर्यात गर्न सकिने प्रस्तावसहितको अनुसन्धान  थालेको थियो । तर त्यो अनुसन्धानले पनि कुनै पनि काम गर्न सकेको छैन ।line-in-petrol-pump
ठूलो चर्चा र परिचर्चाका साथ मुलुकमा सजिवनको खेती गर्ने कुरा आएपनि सोचेजति सहयोग नपाउँदा दुःख लागेको बताउँछन् ,रुपन्देही मणिग्रामका ध्रुव तुलाचन ।
तुलाचनले मणिग्राम एग्रो फरेष्टी एण्ड रिसर्च सेन्टर नै स्थापना गरेर सजिवन खेती सुरु गरेका थिए । तर चर्चामा आएजस्तो गरेर न त बिक्री वितरण भयो न त सजिवन किन्छु भन्नेहरुले नै सम्पर्क गरे, उहाँले गुनासो गरे ।
आपूmले सजिवनको नर्सरीसमेत राखेको र धेरै किसान उत्साहित भएपनि सरकारले कुनै पनि सहयोग नगर्दा निराश भएको तुलाचनको अनुभव छ ।
पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि मात्रै चर्चामा आउने सजिवनको चर्चा अरु बेलामा भइदिए राम्रो हुने उनको अनुभव छ । सरकारले सहयोग गरे र सजिवन किन्न चाहनेहरु देखिए आपूmहरु अझै पनि त्यसको खेती गर्न तयार रहेको तुलाचनको भनाइ छ ।
भौगोलिक सूचना प्रणालीको आधारमा नेपालमा हाल करिब १९ लाख हेक्टर जमिन खेर गइरहेको छ । अर्थात त्यस क्षेत्रमा खेती, वन, सिमसार, हिमाल जताततै जमिन खाली छ । त्यसमा प्रतिहेक्टर औसत एक हजार ५०० किलोग्राम कच्चा तेल सजिवनबाट उत्पादन गर्न सकिन्छ ।
गोरखाको आँपपिपल गाविसमा सजिवन खेती गर्ने मनसायका साथ काम सुरु गर्नुभएका काशीराज मरहट्ठाको अनुभव पनि नकारात्मक नै छ । बाँझो जग्गालाई सदुपयोग गर्ने उद्देश्यका साथ सजिवन खेती सुरु गरेका उनले जुन लक्ष्यका साथ खेती सुरु गरे, तर सोचेजति परिणाम आएन । ‘‘आपूmले रोपेको बिउबिजन पनि खेर गयो, बिलायो, सरकारी  निकायबाटै सोचेजति सहयोग प्राप्त भएन, हामी निरास छाँै,’’ मरहट्ठाल बताए । -रमेश लम्साल

प्रकाशित मिति: बुधबार, अशोज २७, २०७२