शुक्रबार, बैशाख ७, २०८१

भेडाको मुल्य महंगीदै जुम्ला मै १२ -२० हजार

जुम्ला, असोज  । घोडेमहादेव गाविस १ का कर वहादुर वुढा यसपालीको दशैमा दुई चार जना गाउले संग मिलेर भेडा किन्ने तयारीमा छन । अघिल्लो वर्ष सिंगो भेडा किनेर दशैमा मासुको व्यवस्था गर्न सकेका कर वहादुरलाई यसपटकको दशैमा मिलेर भेडा किन्न पनि धौ धौ परेको छ । गत वर्ष भन्दा यो वर्ष जुम्ली भेडाको मुल्य वृद्धि भएपछि उनलाई मात्रै नभई जिल्लाका अधिकांसलाई यो समस्यले संकटमा पारेका छन । jumala
यो पटक भेडाको मुल्य सुन झै महंगो भयो उनले भने त्यसैले छिमेकी दाजुभाई संग मिलेर भेडा किन्न लागेको हु । रारालिहीका देववहादुर थापा पनि कसै संग मिलेर भेडाको जोहो गर्ने तयारीमा जुटेको वताउछन । भेडिगुवालाले खर्कमै न्युनतम १० हजार देखि २० हजार सम्म मुल्य तोकेकाले स्.िगो भेडा किनेर दशै मनाउन नसकिने वताउछन । केटाकेटी र जहानपरीवारको खुसीयालीको लागि थोरै भएपनि कसै संग मिल्ने उनको भनाई छ ।
भारतले गरेको अघोषित नाकावन्दीका कारण दैनिक उपभोग्य वस्तुको मंहंगीले ढाड सेकेको वेला महंगो भेडाखसी किनेर दशै मनाउन सकिने अवस्था नरहेको स्थानिय वताउछन । आयो दशै ढोल वजाई, गयो दशै क्रृणवोकाई जस्तो यो वर्षको दशै हुने भएकोले सस्तो उपाय खोज्न थालेको देवहादुरले प्रतिक्रिया दिए ।
यता जिल्ला पशु सेवा कार्यालय जुम्लाले पनि यो पटक भेडाको मुल्य वढेको जनाएको छ । गत वर्ष १२ हजार रुपैया देखि २० हजार रुपैया सम्म पर्ने भेडा अहिले २४ हजार सम्म पर्ने देखिएको पशु विकास अधिकृत गोविन्द महतले जानकारी दिए । उनले भने अघिल्लो वर्ष १२ हजार देखि २० हजार रुपैया सम्मको मुल्यमा जुम्लाका ७ हजार भेडा विक्रि भएका थिए । तिव्वती भेडा नआउने भएकोले यहाँको भेडाले वजार लिएको पशु सेवा कार्यालय वताउछन । जुम्लामा भेडा वाख्रामा फैलिएको पिपिआर रोगका कारण तिव्वतले भेडा पठाउन मानेको छैन उनले भने संभवत यो पटक स्थानिय भेडाले नै यहाँको वजार लिन्छ होला ।
अहिले व्यापारी गाउमा भेडा खरिदको लागि पुगिसकेका छन । १२ हजार देखि २० हजार रुपैया सम्म अहिले खर्कमै भेडिगुवालाले होलसेल वेचिरहेका छन । ६ हजार भेडा पिपिआर रोगका कारण मरिसकेका छन । त्यहि भएर भेडाको मुल्य मंहगिएको हो । जुम्लामा भेडाको संख्या ७३ हजार छ । दशैमा वद्य गरिएको भेडाको मासु राम्रो संग पकाएर र सफाई गरेर प्रयोग गर्न कृषि विज्ञहरुको सुझाव छ । भेडा खरिदको लागि व्यापारीहरु खर्कमा पुगिसकेकोले दुइचार दिनमै सदरमुकाममा भेडाको कारोवार हुने पशु सेवा कार्यालयले जनाएको छ । भेडा व्यापारी हर्क वहादुर वुढाले यो वर्ष भेडाको मुल्य निकै वढेको भन्दै सानो तिनो व्यवसाय गरेर जिविका चलाएकाहरुका लागि भेडा किन्न नसकिने अवस्था रहेको वताए । हामी खर्कमै पुग्दा न्युनतम १४ हजार भन्दा कम परेको छैन उनले भने । विस्तारै दशै पनि महंगो हुदै जान थाल्यो ।
गत वर्ष सात देखि आठ हजार रुपैया सम्म होलसेलमा भेडा किनेर ल्याएका उनले अहिले मुल्य आकाशिएको वताए । पोहर साल तिर फुल पातीको दिनमा ल्याइएका भेडाको मुल्य सस्ता रहेको थियो । ६ करोड ७१ लाख  ७० हजार रुपैया वरावरको भेडाको कारोवार भएको थियो । –  डिवी वुढा

प्रकाशित मिति: बिहिबार, अशोज २८, २०७२