शनिबार, बैशाख १५, २०८१

जुम्लाको एकै गाउँबाट लाखौको प्याज निर्यात

जुम्ला, असोज । चन्दननाथ १ तलिचौरका पुर्ण प्रसाद न्यौपानेले यो वर्ष प्याज वेचेरै ४ लाख ६० हजार रुपैया कमाए । घरमै ४० देखि ५० रुपैया सम्म होलसेल मुल्यमा प्याज वेचेका उनलाई अहिले पनि माग आउछ । तर प्याज सकिएको भन्दै व्यापारीलाई प्रतिक्रिया दिने गरेको स्वीकारे । ७० क्वीन्टल स्याउ उत्पादन गरे । onion
आफुवाट विउ लिएर उत्पादन गरेकाहरुवाट १ सय ७० क्वीन्टल प्याज संकलन भई विक्रि भएको उनले सुनाए । जुम्लामा प्याजको राम्रो संभावना रहेको कृषि कार्यालय जनाउदछ । यो वर्ष जुम्लामा ३ सय ५२ टन प्याज उत्पादन भएकोमा ३० टन निर्यात भईसकेको छ । ३० टनवाट किसानले घरमै १२ लाख रुपैया आमदानी गरेका छन । अघिल्लो वर्ष भन्दा दोव्वर उत्पादन भएको प्याज अहिले जुम्लाका वजारमा निकै देखिन्छ ।
जुम्लाको तातोपानी, चन्दननाथ नगरपालिका,लाम्रा, उर्थुचौतारावाट संकलित प्याज जिल्ला वाहिर निर्यात भएको हो । कृषि विकास कार्यालयका योजना अधिकृत वालकराम देवकोटाले प्याज उत्पादन गरेको फारममै न्यनतम ४० देखि ५० रुपैया सम्ममा विक्रि भएको जनाए । नेपालगंजमा होलसेलमा प्रतिकेजी एक सय, विराटनगरमा एक सय २० र सुर्खेतमा ८० रुपैया प्रतिकेजीमा विक्रि भईरहेको छ ।
यहाँका १५ जना किसानले कृषि कार्यालयवाट प्याज विक्रिको लागि सिफारीस लिएका हुन । कसैले एक टन कसैले दुई टन सम्मको प्याज विक्रिको लागि सिफारीस लिए उनले भने हाल सम्म १२ लाख रुपैयाको प्याज जिल्ला वाहिर। निर्यातद भईसकेको छ । जिल्लाको एक सय १३ हेक्टर क्षेत्रफलमा लगाइएको छ ।
माघ महिनामा प्याजको विउ छर्ने, फागुनमा वेर्ना सार्ने र असार पहिलो साता देखि प्याज भित्रयाईन्छ । किसानले प्याजको पात समेत प्रति मुठ्ठा १० रुपैयामा विक्रि गरिदै आएको छ । रेड क्लुवर र नासिक रेड गरी दुई जातको प्याज लगाईदै आएको छ । अघिल्लो वर्ष ७० हेक्टरमा लगाइएकोमा १सय ५४ टन उत्पादन भएको थियो । योजना अधिकृत देवकोटाका अनुसार १ करोड ४० लाख रुपैया सम्मको प्याज जिल्लामा उत्पादन भएको छ ।
कर्णाली राजमार्ग सञ्चालन भएयता यहाँ प्याज उत्पादनमा वृद्धि भएको हो । यो वर्ष उत्पादन भएको प्याजले सन्तोषजनक मुल्य पाएपछि आगामी वर्षमा प्याजको क्षेत्रफल वढ्ने कृषि कार्यालयले जनाएको छ । अहिले खलंगाका पसलहरुमा प्रतिकेजी एक सय रपैयामा प्याज विक्रि भईरहेको छ । – डिवी वुढा

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७२