शुक्रबार, बैशाख १४, २०८१

फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

पोखरा, कार्तिक । कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ । पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर तिहारमा चाहिने फूलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।
छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट फूल ल्याइने गरिएको छ भने २० प्रतिशत मात्रै भारतका विभिन्न शहरबाट फूल आयात गरिन्छ । भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउनुका साथै आजभोलि घर सजाउन समेत मालाको प्रयोग गरिन्छ । जिल्लामा बढी मात्रामा सयपत्री, मखमली, सुपारी जातका फूल प्रयोग गरिन्छ ।
यस पटक करिब रु एक करोड बराबरको फूलको कारोबार हुने बताइएको छ । एउटा सयपत्री फूलको माला रु एक सयदेखि रु २०० सम्ममा बिक्री भएको थियो ।

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४