शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीको चरित्र: मन्त्रालय भन्दा जोगी प्यारो

काठमाडौं,मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री मात्र होइन मातहतका धेरै मन्त्रालयका मन्त्री समेत हुन् । सरकार गठवन्धनको जोड घटाउका लागि उनले थुप्रै मन्त्रालय आफैले सम्हालेका छन् । यतिखेर मन्त्री विहिन मन्त्रालयहरु मध्ये पशुपन्छी विकास मन्त्रालय पनि महत्वपूर्ण मन्त्रालय हो । prachand
नेपालको कृषि क्षेत्रमा आत्मनिर्भरतका लागि अगाडि बढिरहेको अण्डा, दूध र मासु उत्पादन यही मन्त्रालयमा नै पर्दछ । तर मुलुकको आत्मनिर्भरताका लागि अगाडि बढिरहेको पशुपन्छी विकास मन्त्री भने आफ्नो मन्त्रालयलाई दश मिनेटको समय समेत दिन चाहंदैनन् ।
हुन त पशुपन्छी विकास मन्त्रालय नगदे विकासे मन्त्रालय होइन यो मुलुकको आर्थिक मेरुदण्डलाई मजबुत बनाउने र स्वरोजगार दिन सक्ने प्राविधिक मन्त्रालयका रुपमा चिनिन्छ । यो मन्त्रालयमा न त यहां ठूला ठूला कमिशनका कुरा हुन्छन् न त राजनीतिक उथलपुथल ल्याउने कुरा नै हुन्छन् । कुनै सम्झौता गर्ना साथ व्रिफकेश पाईहाल्ने मन्त्रालय पनि नपरेका कारण प्रधानमन्त्री दाहालले सम्हालेको यो मन्त्रालय मन्त्रीको आशामा सयौं दिन कटाईसकेको छ ।
मन्त्रालयले मन्त्री नपाएपछि पशुपन्छी विकास मन्त्रालय सचिवदेखि उच्च अधिकारी एवं मन्त्रालय मातहतमा गठन भएका विभिन्न राजनीतिक दलका भ्रातृसंगठनसम्मले प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्रालयको बारेमा दश मिनेट समय मन्त्रालयको कार्यप्रगति, गतिविधि र यसले गरेका विकासका कार्य प्रस्तुत गर्न पटक पटक मागे तर पशुपन्छी विकास मन्त्री समेत रहेका प्रधानमन्त्री दाहालले समय दिएन् । प्रधानमन्त्री कार्यालयबाट २ सयम मिटरको छेउमा रहेको आफूले सम्हालेको पशुपन्छी विकास मन्त्रालयलाई दश मिनेट समय दिन नसक्ने दाहालले आफ्नो चरित्रलाई उदाङ्गो बनाउंदै व्यापारी जोगी प्यारो ठान्दै सिंहदरबार वैद्यखानालाई बन्द गराउने षडयन्त्रका लागि बारामा खोलिएको कम्पनीको कार्यक्रमा योग गर्न पुगे ।
पशुपन्छी विकास मन्त्रालय पूर्ण रुपमा वेवास्ता गरेका प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्री दाहालले केपी शर्मा ओलीले विभाजित गरेको मन्त्रालयलाई कृषि मै गाभ्ने आंट पनि त गर्न सकेका छैनन् । सरकार गठन भएको करिव चार महिना हुन लाग्दा पनि न त मन्त्री नियुक्ति गर्न सकेका छन् नत आपूmले सम्हालेको मन्त्रालयको एक पटक पाइला हाल्न भ्याएका छन् । बरु रामदेवी जोगीकै शरणमा पर्दा उचित ठान्ने पशुपन्छी विकास मन्त्रीलाई के भन्ने ?

प्रकाशित मिति: बिहिबार, मंसिर १६, २०७३