आइतवार, बैशाख २३, २०८१

षडयन्त्र चिर्दै कृषि सचिवले गरे पद बहाली

काठमाडौं,मंसिर । पद रिक्त भएको करीव एक महिना पछि कृषि विकास मन्त्रालयको सचिवमा डा अन्नपूर्णा नन्द दासले पद बहाली गरेका छन् । यस अघिका सचिव उदयचन्द्र ठाकुर उमेरहदका कारण अवकाश प्राप्त भएपछि करीव एक महिना अगाडिदेखि मन्त्रालयको सचिव पद रिक्त रहेको थियो । आईतबारको मन्त्रीपरिषद्ले बन मन्त्रालय मातहतमा कार्यरत सहसचिव दासलाई सचिवमा बढुवा गरी कृषि मन्त्रालयको सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
सचिवमा बढुवा भएका दास सोमबार दिउंसो १ बजे मन्त्रालयका पद बहाली गर्ने आउने प्रधानमन्त्री कार्यालयको सूचना प्राप्त गरेपछि कृषि विकास मन्त्रालयको कर्मचारीहरु सचिव दासको स्वागतका लागि मन्त्रालयको मूल ढोकामा फूलमाला लिएर बसेको भएपनि करीव ३ घण्टापछि सचिव दासलाई मन्त्रालयमा हाजिर हुन नजानु भन्ने आदेश आएपछि मन्त्रालय आउंदा आउंदै उनी बाटैबाट फर्केका थिए ।
आगामी पौष १३ गते उमेरहदका कारण अवकाश हुन लागेका सचिव डा. अन्नपूर्ण नन्द दासलाई कृषि विकास मन्त्रालयको सचिवमा नल्याई १७ गते पशुपन्छी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अवकाश हुनासाथ सोही मन्त्रालयमा बहाली गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसम्म कुरा पुगेको थियो । सोही कारणले सोमबार दासले पद बहाली गर्न आउंदा आउंदै बाटैबाट फर्कनु परेको थियो । dr
सचिव दासको अवधि एक महिना मात्र वांकी रहेकाले कृषि विकास मन्त्रालय सकेसम्म नपठाउन कृषि मन्त्री गौरीशंकर चौधरी, राज्यमन्त्री राधिका तामाङ्ग स्वयंले प्रधानमन्त्रीलाई अनुरोध गरेको समेत बताइएको छ । मन्त्री र राज्यमन्त्रीसंगै सचिवका लाईनमा रहेका सहसचिवहरुले समेत दासलाई पशुपन्छी मन्त्रालयमा पठाउने निकै जोड गरेको भएपनि अन्तत ः दासले कृषि विकास मन्त्रालयकै सचिव पदमा बहाली गरेका छन् ।
दासलाई कृषि विकास मन्त्रालयमा नल्याउन गरिएको षडयन्त्रलाई चिर्दै उनी बुधबार दिउंसो ३ः३० बजे मन्त्रालयमा हाजिर भएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७३