शनिबार, बैशाख १५, २०८१

पशुपन्छी विकास मन्त्रालयमा सरुवा आतंक

काठमाडौं, भाद्र । पशुपन्छी विकास मन्त्रालयमा यतिखेर सरुवा आतंक शुरु भएको छ । मन्त्री भएर आएको केही साता वित्न नपाउँदै मन्त्री सन्तबहादुर थारुले पशुपन्छी विकास मन्त्रालयका ६ सहसचिवको सरुवाको टुङ्गो लगाएका छन् । pasu mantralaya kri
पशुपन्छी क्षेत्रको विकासका लागि लाग्नु पर्ने मन्त्री थारु पदबहाली गर्न नपाउँदै सहसचिवहरुको सरुवामा हात हालेका छन् । मन्त्री भएर आएको लगतै मुलुकमा बाढी पहिरोले आक्रान्त भएका किसानहरुलाई राहतका कार्यक्रम ल्याउनु पर्ने मन्त्रीले मन्त्रालयका तर्फबाट कुनै पनि कार्यक्रम घोषणा गर्न सकेका छैनन् । बाढी पीडित पशुपालनका लागेका किसानहरुको पशुपन्छीको अवस्था, किसानहरुलाई परेको समस्याको समाधान गर्ने बेलामा त्यस तर्फ नलागि सरुवाको चक्करमा मन्त्री थारु लागेका छन् । विशेष गरी पशुपन्छी विकास मन्त्रालय मातहतमा राम्रा निर्देशनालयका रुपमा चिनिएको निर्देशनालयमा मन्त्रीले आर्थिक लेनदेनबाट सहसचिव सरुवा गरेको श्रोतले बताएको छ ।
पशुपन्छी विकस मन्त्रालयमा सहसचिवका रुपम रहेका डा. वंशी शर्मालाई पशु उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ भने पूर्वाञ्चालका पशु स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक तेजबहादुर रिजाललाई पशुपन्छी बजार निर्देशनालयमा सरुवा गरिएको छ । त्यसैगरी डा विक्कल देव भट्टराई पशु स्वास्थ्य निर्देशनालयमा ल्याईएको छ । उनी यस अघि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा थिए ।
त्यस्तै सरुवा हुनेहरुमा बजार निर्देशनालयका डा बलराम थापालाई र पशु स्वास्थ्य निर्देशालयका कार्यक्रम निर्देशक सम्झना काफ्लेलाई पशु सेवा विभागको उप महानिर्देशकका रुपमा सरुवा गरिएको मन्त्रालय उच्च श्रोतले बताएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १३, २०७४