शनिबार, बैशाख १५, २०८१

दमकमा स्वर्ण सव धान

दमक, ८ मंसिर । झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु भएपछि किसानहरु आधुनिक कृषि प्रणालीतर्फ आकर्षित भएका छन् । विशेष गरी नयाँ वीउको प्रयोग र प्रविधितर्फ किसानहरुको आकर्षण बढेको हो । कार्यक्रम कार्यान्वयमा आएपछि विभिन्न उपकरण तथा औजार भित्रिने तथा समय अनुकूल बीउविजनको प्रयोगसमेत शुरु हुन थालेको छ ।
धानको सुपरजोन तोकिएको झापा बनियानीका किसान झमक खड्काका अनुसार प्रविधि प्रयोग र नयाँ धानको बीउ रोप्दा अहिले प्रति विघा एक सय २० मनसम्म धान उत्पादन हुन थालेको छ ।
यस अघि ६० मन उत्पादन हुँदै आएकोमा अहिले उब्जनी दोब्वर भएको उनले बताए । यस क्षेत्रमा किसानले पहिलो पटक स्वर्ण सव धान रोपेका थिर्ए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४