बिहिबार, बैशाख २०, २०८१

थ्रेसर मेसन परीक्षण

हुम्ला, ८ मंसिर । हुम्लामा कोदो चुट्ने थ्रेसर मेसिनको सफल परीक्षण सफल भएको छ । किसानको माग अनुसार स्थानीय बाली संरक्षण परियोजना लिवर्टले सो मेसिन परीक्षण गरेको थियो ।
विद्युतबाट सञ्चालन हुने यो मेसिनले परीक्षणका क्रममा एक घण्टामा डेढ क्विन्टल कोदो चुटेर दाना निकालेको कर्णाली कृषि सहकारी संस्थाका अध्यक्ष नवराज भण्डारीले बताए ।
कोदो चुट्ने र फल्ने थ्रेसर मेसिनको परीक्षण कार्य सफल भएपछि किसानलाई निकै सहज हुने र हातले चुट्ने कामबाट किसानले छुटकारा पाउने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४