शुक्रबार, बैशाख १४, २०८१

तीन वर्षभित्र दूधमा आत्मनिर्भर

पाँचथर, वैशाख । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले प्रचार मुखि भन्दा पनि उत्पादनमुखी काम गर्नु पर्ने बताएकी छिन् । पाँचथरको फिदिममा पशु सेवा कार्यालय भवन शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । अब हरेक नेपाली व्यावसायिक बन्नुपर्ने पर्ने भन्दै मन्त्री मानवीले सस्तो लोकप्रियताका लागि भन्दा पनि उत्पादनमुखी काम गर्दै कृषि आत्मनिर्भर बन्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताइएन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मानवीले अहिले पाल्तु पशुपक्षीको बजारीकरणको आवश्यकता औँल्याउँदै सबभन्दा पहिले पशुको नश्ल, उन्नत बीउ, पौष्टिक आहार र औषधोपचारमा ध्यान दिनुपर्ने बताइन् ।
उनले मुलुकलाई अब एक वर्षभित्र अन्डामा, दुई वर्षभित्र मासुमा र तीन वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर अहिले मन्त्रालय अघि बढिरहेको पुन दोहो¥याएकी छिन् ।

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७३