मङ्लबार, बैशाख २५, २०८१

सिंचाईका कारण किसान हर्षित

काभ्रे, १५ वैशाख । भूकम्पले तहसनहस बनाएका सिँचाइका पूर्वाधार पुनःनिर्माण भएपछि किसान हर्षित भएका छन् । महादेवस्थानको बगरखोला बाँध सिँचाइ र गौरीबिसौना देउपुर गाविसमा चितेदोभान सिँचाइको पुनःनिर्माण भएपछि उनीहरू हर्षित भएका हुन् । सिँचाइको पूर्वाधार नहुँदा कृषि उत्पादनमा कमी आएको थियो । अब तरकारी, धान, मकै, गहँुलगायत बालीको उत्पादन बढने किसानले बताएका छन् । गौरीबिसौना देउपुरमा समेत एक बालीबाट तीनबाली उत्पादन गर्न सकिने छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७३