शुक्रबार, बैशाख १४, २०८१

झन् घट्यो अलैँचीको भाउ

सल्लेरी, १२ मङ्सिर । सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गँुदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा परेका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि आम्दानी घटेको कृषकले बताएका छन् ।
स्थानीय बजारमा गत वर्ष प्रतिमन (४० किलो) ६० हजारले कारोबार भइरहेको अलैँची यस वर्ष ५८ प्रतिशतले गिरावट भई प्रतिमन २५ हजारमा मात्र कारोबार भइरहेको गुँदेलका स्थानीय व्यापारी सिङकेराम राईले बताए । राईका अनुसार गत वर्ष गँुदेल गाविसमा छ करोड बराबरको अलँैची उत्पादन भएको थियो तर यस वर्ष करिब साढे तीन करोड बराबरको मात्र उत्पादन भएको छ ।
गत वर्ष महाकुलुङ–५, गुँदेलका धनगञ्ज राईले छ मन उत्पादन गरेर बेच्दा तीन लाख ६० हजार आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन बढ्यो तर आम्दानी भने घटेको छ । यस वर्ष राईले साढे सात मन बेच्दा एक लाख ८२ हजार पाँच सयमात्र आम्दानी भएको राईले बताए । राई भन्हुछन् । खै यसपाली त धेरै फल्यो तर गत वर्षको तुलना थोरै मात्र आम्दानी भयो ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १२, २०७४