शनिबार, बैशाख १५, २०८१

खेतीले उकास्दै किसान

झापा, १४ मंसिर । झापाको गौराखदह ५ का किसान अहिले सामूहिक खेती मार्फत आम्दानी बढेपछि सन्तुष्ट देखिएका छन् । चार वर्ष अघि शुरु गरिएको एकीकृत नमूना सामूहिक खेतीले किसानलाई सहज बनाएको हो । तीन वर्षको प्रयास पछि किसान मैदानघोपामा ८० विघा क्षेत्रफलमा खेती गर्दै आएका छन् ।
खेतीका व्यवस्थापक अर्जुन खतिवडाले खेतीका सदस्य बन्नका लागि न्यूनतम एक कठ्ठा जमिनदेखि तीन विघा जमीनसम्म किसानले उपलब्ध गराउनु पर्ने बताएको समाचार नागदिन दैनिकले छापेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४