बुधबार, बैशाख १९, २०८१

बेमौसमी तरकारीमा आकर्षण

बैतडी, १५ मंसिर । मेलौनी नगरपालिका ७का खड्कबहादुर चन्दले होटलमा चाहिने तरकारी आफ्नै बारीबाट ल्याउँछन् । काउली टमाटर लगायत अन्य तरकारी बाह्रै महिना बारीमै फल्ने गरेको छ ।
दशरथचन्द नगरपालिका १ का कृष्णदत्त भट्टले पोली हाउसभित्र बेमौसमी टमाटर लगाउँदै आएका छन् । दुई दशकदेखि व्यवसायिक तरकारीखेती गरिरहेका भट्ट पछिल्लो समय बेमौसमी तरकारीखेती तर्फ आकर्षित भएका छन् । तरकारी बेचेर उनी बार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४