शनिबार, बैशाख १५, २०८१

खेतीयोग्य जमिन घडेरी बन्दै

मेलम्ची, १४ माघ । सिन्धुपाल्चोक जिल्लामा प्रशस्त रूपमा अन्न उत्पादन हुने मेलम्ची बजारको फाँट अहिले एकाएक घडेरीको रूपमा परिर्वतन हँुदै गएको छ ।

गहुँ, धान, मकैलगायत प्रशस्त अन्नबाली र नगदेबालीका हिसाबले महत्वपूर्ण मानिएको मेलम्ची बजारको विस्तारका कारण जग्गा प्लटिङ हँुदै धमाधम घर–घडेरीमा परिणत हुँदै गएको हो ।
बढ्दो बजारीकरण र सेवा–सुविधाले गर्दा मानिस मेलम्ची उपत्यकमा घर–घडेरी किनी बसाइँ सर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । इन्द्रावती र मेलम्ची नदीलाई अङ्गालेर बनेको मेलम्ची उपत्यकाको सुन्दर भौगोलिक संरचनाले पर्यटकलाई समेत आकर्षित गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७१