शुक्रबार, बैशाख १४, २०८१

कृषि मन्त्रीको सुक्खा खेतमा सिँचाइ गर्ने प्रतिवद्धता

काठमाडौं, साउन । नवनियुक्त कृषिमन्त्री रामकृष्ण यादवले कृषि मन्त्रीको शपथ ग्रहण गरे लगतै पशुपतिनाथको दर्शन गरे पश्चात मात्र मन्त्रालयमा कार्यभार सम्हाल्न आईपुगेका थिए । कृषि मन्त्रालयको नेतृत्व लिएका यादव रामचन्द्र पौडेल निकट मानिन्छन् । हिजोसम्म माओवादी केन्द्रले लिने भनिएको कृषि विकास मन्त्रालय बुधबार मात्र कांग्रेसको भागमा परेको हो ।ramkrishin yadav

नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले कृषि मन्त्रालय आफ्नो हुनु पर्ने र मन्त्री आफू निकटलाई बनाउनु पर्ने अडान लिएपछि दिउँसो ३ बजेपछि मात्र कृषि विकास मन्त्रालय कांग्रेसले लिएको हो । नेपाली कांग्रेसको संसदीय लेखा समितिको सदस्यका रुपमाा काम गरिसकेका नवनियुक्त कृषि मन्त्री यादवलाई कृषि विकास मन्त्रालयमा मन्त्रालयका सचिव डा. सुरोज पोख्रेलले स्वागत गरेका थिए । मन्त्रीको स्वागतका लागि सहसचिवहरु, उपसचिव, अधिकृतहरु विभिन्न परियोजनाका निर्देशकहरुको समेत उपस्थिति रहेको थियो । पद बहालीपछि गरे लगतै मन्त्री यादवले मुलुक कृषि प्रधान देश भएकोले कृषि उत्पादकत्व बृद्धि गर्नका लागि किसानहरुले भोग्नु परेका समस्याहरुलाई आफूले समाधान गर्ने बताए । उनले मुलुकका धेरै उर्वर जमीनहरु सिंचाई अभावका कारण सुख्खा भएको भन्दै त्यस्तो जमीनमा सिंचाई सुविधा पु¥याउने समेत बताए । उनले बाँझो रहेका जग्गालाई कसरी उत्पादन कार्यमा लगाउन सकिन्छ त्यसका लागि प्रयत्न गर्ने समेत बताए ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७४