मङ्लबार, बैशाख २५, २०८१

दूधमा आत्मनिर्भर बनाउने

sant kuram tharuकाठमाडौं, साउन । नवनियक्त पशुपन्छी पदबहाली गर्दै पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले आफ्नो पदभार सम्हालेका छन् । माओवादी केन्द्रका सभासद् थारु बर्दियाका हुन् । मन्त्री पदको शपथ ग्रहण पश्चात पेरिसडाँडामा पुगेर शहिदलाई माल्र्यापण गरेर मन्त्रालयका आएका उनलाई मन्त्रालयका सचिव डा. युवकध्वज जिसी, सहसचिवहरु, कार्यक्रम निर्देशकहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहणसँगै मन्त्रालयको कुनै एक निर्णय गर्ने परम्परा अनुरुप नै तयार गरिएको टिप्पणीमा अन्य मन्त्रीले जस्तो सहज रुपमा नै सदर थारुले गरेनन् । टिप्पणीका उल्लेख भएको कुरा सचिव जिसीले व्याख्या गरेपनि मन्त्री थारुले सशंकित रुपमा आफूले पुरै पढेर मात्र टिप्पणी सदर गर्ने बताउंदै पुरै टिप्पणी पढेर मात्र सदर गरेका थिए ।
पदबहाल पछि पत्रकारहरुले उठाएको प्रश्नमा मन्त्री थारुले आफूले दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा आफू सक्रिय हुने समेत बताए ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७४