शुक्रबार, बैशाख १४, २०८१

कागजी रुपमा मिलाउने कृषि अनुदान बन्द गर

काठमाडौं, आषाढ । नेपालको कृषि क्षेत्रलाई परम्परागतबाट व्यवसायिक गर्ने उदेश्यले नेपाल सरकार कृषि विकास मन्त्रालयलले विगत लामो समयदेखि विभिन्न शीर्षकमा अनुदान वितरण गर्दै आईरहेको छ । कृषि विकास मन्त्रालयको आन्तरिक श्रोत र विदेशी लगानीमा सञ्चालनमा रहेको विभिन्न आयोजनाहरुले वितरण गरेको अनुदान केवल कागजमा मात्र सिमित भएको देखिन्छ ।anudan
विगत पा“च वर्षको अवधिलाई हेर्ने हो भने करीव कृषि क्षेत्रमा अवौं रुपैयां अनुदानका रुपमा गएको देखिन्छ । तर प्रतिफल शुन्य जस्तै देखिन्छ । अनुदान पाएका केही व्यवसायिक किसान बाहेक प्रायले कृषि व्यवसाय छोडिसकेको देखिन्छ । सरकारले आफूले दिएको अनुदानको सहज रुपम अनुगमन गर्न नसक्दा कृषि अनुदान बालवामा पानी बराबर भएको हो  । अझै पनि कृषि अनुदान दिने कार्यक्रमलाई सरकारले नियमित नै गरिरहेको छ । चालु आर्थिक वर्षको करीव अन्त्यतिर आईपुग्दा कृषि विकास मन्त्रालयले वितराण गर्ने अनुदान कामै नगरी कागजी प्रतिवेदनका आधारमा वितरण गर्ने गरेको विगतका आर्थिक वर्षहरुले पनि देखाएको छ ।
सरकारले वितरण कृषि उत्पादन बृद्धि गरी व्यवसायिक कृषिको विकास गर्नका लागि वितरण गर्ने गरेको अनुदान पहुंचवालाले मात्र पाउने गरेको विभिन्न समयमा कृषि मन्त्री बनेकाहरुले नै स्वीकार गरिसकेका छन् । पहुंचमा पुग्नेहरुले पाउने कृषि अनुदान कृषि उत्पादकत्व बृद्धि गर्नका लागि नभएर अरुले गदै गरेको कृषि फार्महरुलाई देखाएर नै असुल्ने गरेका प्रशस्त उदाहरणहरु छन् ।
त्यसकारण कृषि उत्पादकत्व बृद्धि गर्ने नाममा वा व्यवसायिकरणका नामा दिईने अनुदान सरकारले तत्कालै बन्द गरेर सो अनुदानलाई नै ऋणमा परिवर्तन गर्न सक्ने हो भने किसानहरुको पहुंचमा पुग्ने र त्यसबाट प्रतिफल पनि हासिल गर्न सकिन्छ । उत्पादन बृद्धि गर्ने यदि हो भने उत्पादन क्षेत्रमा पुग्ने गरी राज्यले दिने सुविधा पु¥याउन जरुरी छ । विगतदेखि वर्तमानसम्म उपलब्ध गराईका अनुदानलाई हेर्ने हो भने परियोजन अवधिसम्म कृषि व्यवसाय गर्ने र परियोजना सकिएपछि फार्म नै विक्री गर्ने प्रचलन नै बढ्दो अवस्थामा रहेको छ । त्यत्तिमात्र होइन फलानो आयोजनाबाट अनुदान प्राप्त व्यवसायिक कृषि फार्म भन्दै पसल विक्री गरे झै कृषि फार्महरु पनि विक्री हुन थालेका छन् ।
तसर्थ नेपाल सरकार, कृषि विकास मन्त्रालयले अनुदानका रुपमा रकम दिने होइन उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्ने र सकेसम्म अनुदानलाई १÷२ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने हो भने पांच वर्षभित्र कृषि उत्पादकत्व बृद्धिमा धेरै नै परिवर्तन गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३१, २०७४