शनिबार, बैशाख २२, २०८१

यस वर्षको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार अफजल हुसेनलाई

rastrapati puraskar
काठमाडौं, जेठ । यस वर्षको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार अफजल हुसेन सहित अन्य चार जनाले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाएका छन् । नगद दुई लागि सहितको सर्वोत्कृष्ट कृषक पुरस्कार हुसेनले प्राप्त गरेका हुन् । सर्लाही जिल्लामा २०६९ सालमा साँढे एक विघा पंगासियन जातको माछा सफलताका साथ परिक्षण गरी हाल साँढे ६ हेक्टरमा व्यवसायिक माछा पालन गरी बार्षिक २ सय मेट्रिक टन पंगासियस माछा उत्पादन गरिरहेका किसान हुसेनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
कृषि विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुने अन्य किसानहरुमा थप बहादुर रजाली मगर नवलपरासी तररकारी खेती तर्फ, खडक सिंह विष्ट डडेल्धुराले बाख्रापालन तर्फ, इन्द्रकुमारी लावती पाँचथरले सुन्तला खेती लगायत एकीकृत खेती तर्फ र सुमेर शमशेर जवराले मत्स्य प्रजनन् तर्फ उत्कृष्ट कृषक पुरस्कार पाएका हुन् ।
प्रत्येक जिल्लाबाट तीन जनाका दरले क्षेत्रीय रुपमा छनौट भएका किसानहरुलाई क्षेत्रीय रुपमा पाँच जना कृषक छनौट गरी राष्ट्रपति कृषक पुरस्कारका लागि मन्त्रालयमा पठाइने गरिएको छ । पाँचै विकास क्षेत्रबाट छनौट भएर आएका २५ जना कृषक मध्ये एक जनालाई सर्वोत्कृष्ट र चार जनालाई उत्कृष्ट कृषक पुरस्कार हरेक वर्ष कृषि विकास मन्त्रालयले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३०, २०७४