शुक्रबार, बैशाख १४, २०८१

अनुदानका लागि ९२३ जनाले निवेदन

पोखरा, ८ फागुन । तरकारी, मौरी, च्याउखेतीका लागि सरकारले अनुदानको व्यवस्था गरेपछि कास्की र स्याङ्जा जिल्लामा अत्यधिक कृषकले निवेदन दिएका छन् ।
कम्तीमा पनि पाँच रोपनी जमिन भएका र सात÷आठ हजार मासिक आम्दानी गर्नसक्ने कृषकलाई प्रतिव्यक्ति रु ४० हजार अनुदान दिन जिल्ला कृषि विकास कार्यालयले निवेदन आह्वान गरेको थियो । आह्वानपछि कास्कीमा ९२३ जनाले निवेदन दिएको वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले बताए ।
तीमध्ये ६० जना कृषक छनोट गरी रु २४ लाख अनुदान वितरण गरिने कार्यालयले जनाएको छ । त्यस्तै कास्कीमा मौरीपालनका लागि २० जनाको समूहमा आएका कृषकलाई रु एक लाख ८० हजार अनुदान दिइने कृषि अधिकृत कोइरालाले जानकारी दिए ।
यस्तै स्याङ्जामा पनि ६० जना कृषक छनोटका लागि निवेदन माग गरिएकामा ५८२ जनाले निवेदन दिएको बागवानी अधिकृत तिलक केसीले जानकारी दिए ।
स्याङ्जामा च्याउखेतीका लागि ६३ जनाले निवेदन दिएका छन् । बीसजना कृषक छनोट गरी जनही रु ४० हजार वितरण गरिने कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ८, २०७१