शनिबार, बैशाख ८, २०८१

बिषादी न्यूनिकरण गर्न वालि उपचार

झापा-८फागुन ।बिषादी रहित कृषि प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकामा वालि उपचार घुम्ति शिविर आयोजना गरिएको छ । क्षेत्रिय वालि संरक्षण प्रयोग शाला विराटनगर र जिल्ला कृषि विकाश कार्यालय झापाको प्राविधिक सहयोगमा नगरपालिकाले शिविरको आयोजना गरेको हो ।

बिभिन्न प्रकारका रसायनिक विषादीको प्रयोग बढ्दै गएको र यसले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर परेकाले शिविरको आयोजना गरेको नगरपालिकाले जनाएको छ । आईपीएम कृषक सञ्जाल तथा सन्देश मूल कृषक समूह, शिवताक्षीको व्यवस्थापनमा भएको कृषि घुम्ति शिविरमा किसानहरुालाई विषाधिको प्रयोग र त्यसले पु¥याउने असरका वारेमा जानकारी समेत गराईएको थियो । महिनाको २ पटक ३ महिनासम्म संचालन हुने शिविरमा कृषकहरुले बोटविरुवामा भएका रोगको पहिचान र त्यसको न्यूनीकरण एवं निराकरणका का वारेमा समेत जानकारी गराइएको थियो ।

रोगी विरुवा, हरुको पहिचानगरी त्यसका समस्याहरुका विषयमा समेत प्राविधिकहरु प्रत्यक्ष निर्देशनमा फल, पात, तथा वाली विरुवाका विभिन्नभागहरुमा हुने ढुसीजन्य रोग तथा अन्य रोग किराहरुको बारेमा समेत कृषकहरुलाई ज्ञानदिने उदेश्यले शिविरको आयोजना गरीएको जिल्ला कृषि विकाश कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । शिविरमा माटोको अम्लीयपन तथा क्षारीयपन, माटोमा हुने सुक्ष्म तत्व को समेत परिक्षण गरिएको थियो ।

शिविरमा कृषकहरुले ५० भन्दा बढी जातका तरकारी बालीहरु परीक्षण गराएका थिए । दुई सय भन्दा बढी कृषकहरुले बालीमा भएका समस्या शिवीरमा ल्याएको सन्देस मुल कृषक समूहका कृषि कार्यकर्ता डेगनाथ गुरागाईंले बताए ।

माटोमा अम्लियपन बढी र सुक्ष्म तत्वको कमी भएको कारणले बालीमा रोग देखिएको क्षेत्रीय बाली संरक्षण अधिकृत रामचन्द्र नेपालीले बताए । पहिले माटो परीक्षण गराएर मात्रै बाली लगाउनु पर्नेमा उनले जोड दिए । बालीमा रोग लाग्नु रासायनिक मलको अधिकतम प्रयोग र जलवायु परिवर्तन मुख्य समस्या भएको जिल्ला कृषि विकास कार्यालय झापाका बाली विकास अधिकृत खरेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ८, २०७१