बारामा माछा महोत्सवको तयारी

Dec 27 • पशुपंक्षी

कलैया, १२ पुस। नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ । ‘मत्स्यपालनको विकास समृद्धिसँगै राष्ट्रको विकास, स्वदेशी माछा खाऊँ, स्वस्थ रहौँ’ नाराका साथ उक्त महोत्सवको आयोजना गर्न लागेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए। महोत्सव सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चौधरीको संयोजकत्वमा १३ सदस्यीय समारोह समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । गत वर्ष कलैयामा प्रथम माछा महोत्सव आयोवजना गरिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि