धनगढी, १६ पुस । कैलालीमा चैते धानखेती विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले वृहत्तर चैते धान उत्पादन कार्यक्रम लागु गरिएको छ । धानको उत्पादत्वमा वृद्धि गर्दै खाद्य सुरक्षामा टेवा पु¥याउने लक्ष्यका साथ सो कार्यक्रम लागु गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष नौसय हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्ने लक्ष्य राखिएको छ ।
खेती गर्न चाहने किसान, कृषक समूह तथा कृषि सहकारी संस्थालाई प्रोत्साहनस्वरुप अनुदान रकम समेत उपलब्ध गराउने योजना रहेको छ । सिँचाइ सुविधा भएको क्षेत्रमा कम्तीमा १५ कट्ठा जग्गामा खेती गर्न चाहने किसानलाई जनही रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने नीति रहेको वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिएका छन् ।
Add Comment