शनिबार, बैशाख ८, २०८१

दुई हजार मेट्रिक टन आलु निकासी

मुस्ताङ, १५ पुस । मुस्ताङबाट यस वर्ष दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको छ । अनुकूल मौसमका कारण गत वर्षभन्दा यस वर्ष करिब चार प्रतिशतले आलु उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । चालु आवको सिजनमा जिल्लाभर तीन हजार ६५४ मेट्रिक टन आलु उत्पादन भएकामा दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको कृषि विकास कार्यालयले जनाएको हो ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७२