बुधबार, बैशाख १९, २०८१

माछापालनबाट वार्षिक रु ४० लाख आम्दानी

दाङ, २७ फागुन । दाङको लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङले व्यावसायिक माछापालन गरेर आफूलाई सफल व्यावसायिक माछापालक बनाउन सफल भएका छन् । उनले ८ बिगाहामा आठवटा पोखरी निर्माण गरेर वार्षिक रूपमा रु ४० लाख आम्दानी गरिरहेको बताउँछन् ।
अहिले उनको घरमा माछा लिन आउनेहरूको भीड लाग्ने गर्दछ । विगत आठ वर्षदेखि व्यावसायिक रूपमा माछापालन गदै आएका लामाले अहिले माछा र माछाको भूरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्ने गरेका छन् ।
लामाले अहिले अरु सातजना रोजगारी समेत दिएका छन् । यस व्यवसायबाट आफू अत्यन्त सन्तुष्ट रहेको बताउनुहुने लामाले यस्ता आयआर्जन हुने व्यवसायमा लाग्न बेरोजगारहरूलाई सल्लाह समेत दिने गर्दछन् ।
धान, गहुँ, मकै र तरकारी खेती गरिसक्नुभएका लामा सबै भन्दा बढी माछा पालनबाटै दोब्बर आम्दानी भएको उनको अनुभव ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २७, २०७१