शुक्रबार, चैत्र १६, २०८०

आलुबाट करोडौँ कमाउँदै काभ्रे

काभ्रेपलाञ्चोक, २७ फागुन। आलु उत्पादनबाट बार्षिक करोडौँ रुपैयाँ भित्र्ने काभ्रे जिल्लामा बीउ उत्पादन भने ७६ मेट्रिक टन मात्रै हुने गरेको पाइएको छ ।
जिल्लामा तीन वटा कृषक समूहले आलु बीउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय काभ्रेका बागवानी विकास अधिकृत सूर्य बहादुर थापाले जानकारी दिए।
उनका अनुसार कुशादेवी गाविस वडा नम्बर ३ मा रहेको खाद्यान्न तथा बीउ आलु उत्पादन कृषक समूहले ७ सय ६७ बोरा अर्थात्, ४६ मेट्रिकटन र उग्रचण्डी नाला ५ स्थित नारी जागरण बीउ आलु उत्पादन कृषक समूहले ५०५ बोरा अर्थात् ३० मेक्ट्रिटन बीउ आलु उत्पादन गरेका छन् ।
जिल्लामा हिउँदे ७ हजार ७ सय ८५ र बर्षे एक हजार ९ सय ६५ गरी जम्मा ९ हजार ७ सय ९५ हेक्टर क्षेत्रफलमा आलु खेती हुदैँ आइरहेको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २७, २०७१