मङ्लबार, बैशाख १८, २०८१

प्रथम राष्ट्रिय कृषि व्यवसायीकरण प्रर्दशनी आजबाट

काठमाडौं, ८ असार । परम्परागत रुपमा चल्दै आएको कृषि पेशालाई व्यवसायिकरण गर्ने चर्चा चलेको धेरै लामो समय भएको त छैन । व्यवसायीरकण गर्न उत्साहित गर्नका लागि कृषि विकास मन्त्रालयले अभ्यास नगरेको पनि होइन । तर यो अभ्यासले कति सफलता पाएको छ वा छैन भन्ने कुरालाई अनुसन्धान गर्ने जिम्मेवारी कृषि विकास मन्त्रालयकै हो । नेपाली अर्गानिक कृषिका नाममा कृषि व्यवसाय गर्नेहरु २÷४ बर्षमा नै पलायन हुने छन् भन्ने सार्वजनिक मन्तव्य दिने कृषि व्यवसायमा संलग्न भएर चर्चा कमाएका युवा सभासद् गगन थापालाई नै लक्षित गर्ने हो भने नेपालमा जग्गा व्यापार जस्तो कृषि व्यापार फस्टाउने संकेत भने देखिएको छैन ।
नेपाली कृषिलाई व्यवसायिकरण गर्नु पर्दछ भन्ने सोचका साथ कृषि विकास मन्त्रालय मातहत व्यवसायिक कृषि तथा व्यापार आयोजना सञ्चालनमा रहेको छ । सो योजनाबाट पूरक अनुदान प्राप्त  गरी सञ्चालन गरिरहेका उप आयोजनाहरुले के कति प्रगति हा“सिल गरेका छन् र कस्ता कृषि उपजहरु उत्पादन गरिरहेका छन् कुरा आम जनताले थाहा पाउन् र प्रत्यक्ष हेर्न पाउन् भन्ने उद्देश्य राखेर आजबाट काठमाडौंको भुकुटी मण्डपमा “प्रथम राष्ट्रिय कृषि व्यवसायीकरण प्रदर्शनी २०७१” शुरु हु“दैछ । आयोजनाका प्रमुख योगेन्द्रकुमार कार्कीका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा संचालित यो आयोनजा सन् २००९ देखि २०१५ सम्मका लागि प्रथम चरणमा २५ जिल्लामा सञ्चालन भईरहेको छ । विश्व वैंकले प्रथम चरणको कार्यक्रमलाई मूल्यांकन गरी आयोजनाको क्षेत्र थप्दै मुलुकको ७५ वटै जिल्लामा २०१८ सम्मको लागि कार्यक्रम सम्झौता समेत गरिसकेको छ । आयोजनालाई व्यवस्थित, पारदर्शि र नमूनाका रुपमा अगाडि बढाउन पनि यो प्रर्दशनीले सहयोग पुग्ने उनको भनाई छ । – कमला नेपाल

प्रकाशित मिति: आइतवार, असार ८, २०७१