मङ्लबार, बैशाख १८, २०८१

विश्व बजारका कारण रासायनिक मलमा समस्या ः सचिव शर्मा

काठमाडौ । पछिल्लो समय विश्व बजार र मूल्य बृद्धिका कारण रासायनिक मलको अभाव श्रृजना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द्रप्रसाद शर्माले बताएका छन् । कृषि पत्रकार महासंघ नेपालद्धारा आयोजित मलको संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा शर्माले सो कुरा बताएका हुन् ।

सचिव शर्माले अन्तराष्ट्रिय बजारमा नै मलको मुल्य बढेकाले सहज रुपमा मल आपूर्ति गर्न समस्या भएको जानकारी दिँदै आयात प्रक्रिया, टेन्डर प्रणाली, पूर्ण रुपमा विदेशी कम्पनीसँग मलको लागि निर्भर हुनुपर्ने आदी अवस्थाले गर्दा वफर सिस्टम (मल भण्डारण) को विषयमा मन्त्रालयले विशेष रुपमा उठान गरेको उनको भनाइ छ ।

विश्व बजारमा यूरोपियन मुलुकमात्रै नभएर अमेरिकामा समेत रासायनिक मल उत्पादन घट्दो भएको पनि सचिव शर्माले बताए । त्यही प्रभावमा नेपाल जस्तो साना मुलुकले मात्रै नभएर भारतजस्तो देशले पनि आयातमा समस्या भोगिरेको कारण किसानले नियमित मल पाउन नसकेको उनले वताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८