बुधबार, बैशाख २६, २०८१

रासायनिक मलको मूल्य पनि पेट्रोलियम पदार्थ जस्तै स्वचालित हुनु पर्ने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मलको मूल्य पनि पेट्रोलियम पदार्थ जस्तै स्वचालित मूल्य हुनु पर्नेमा जोड दिएका छन् । कृषि पत्रकार महासंघ, नेपालद्धारा आयोजित रासायनिक मलको संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले मल खरिद गर्नका लागि पुरानै कानूनलाई टेकेर गर्नु पर्ने अवस्था रहेकाले पनि समस्या पैदा भईरहेको बताए ।

मलको समस्या समाधानका लागि दिर्घकालिन र अल्पकालिन गरि दुई तरिकाले योजना बनाउनु पर्ने, र नेपाली किसानले सकेसम्म समयमा मल प्राप्त गर्ने अवस्थाको सिर्जना गर्न आफु सधै तत्पर भएको जानकारी दिए ।

मलको समस्या समाधनका लागि आयात प्रक्रिया, टेन्डर प्रक्रिया लगायतका विषयहरुलाई सकेसम्म सहज बनाउन मन्त्रालयले पहल गर्न लागेको उनले बताए । संभव भए सम्म कुनै विदेशी मल कारखानामा शेयर राखेर भएपनि यो समस्या समाधान गर्न तर्फ आफु अग्रसर भएको मन्त्री यादवको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८