मङ्लबार, बैशाख १८, २०८१

काभ्रेमा धूलो दूध कारखाना स्थापना गर्न डेरी एसोसिएसनको आग्रह

काठमाडौं । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई नेपाल डेरी एसोसिएनले काभ्रे जिल्लामा धुलो दूध कारखाना स्थापना गर्नका लािग आग्रह गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका लामा कृषि मन्त्रीमा नियुक्ति भएकोमा बधाई तथा शुभकामना दिन पुगेका एसोसिएनका प्रतिनिधिहरुले मन्त्री लामालाई दूध कारखाना काभ्रेमा स्थापना गर्न आग्रह गरेका हुन् ।

काभ्रे जिल्ला डेरी स्थापना भएको पहलिो जिल्ला भएकोले खास पहिचान हुने काम गरी जिल्लाको दूधको इतिहास बनाउन पनि धूलो दूध कारखाना स्थापना गर्न अनुरोध गरिएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए ।

मन्त्रीलाई बधाई तथा शुभकामनासँगै काभ्रे जिल्ला सवैभन्दा बढी दूध उत्पादन हुने र दूधमा पहिलो आत्मनिर्भर जिल्ला भएका कारण पनि दुग्ध क्षेत्रमा जति विकास हुनु पर्ने थियो त्यत्ति हुन नसकेकाले किसान र उद्योगले सहजता नपाएको, वि.स २००९ सालमा पहिलो डेरी स्थापना भएको काभ्रेको नाला टुसालमा रहेको जमीन जंगलमा परिणत भएको भन्दै सो स्थानमा डेरी टेक्निकल इन्स्च्यिूट बनाउन पहल गर्न मन्त्री लामालाई आग्रह गरिएको महासचिव दाहालले बताए ।

प्रकाशित मिति: शुक्रबार, अशोज ८, २०७८