शनिबार, बैशाख ८, २०८१

बालुवाटारमा खुल्याे अर्गानिक तरकारी तथा फलफूल मार्ट

काठमाडौ । पछिल्लाे समय काठमाडौमा अर्गानिक उत्पादनका बिक्री केन्द्रहरूकाे सञ्चालन बढ्दै गइरहेकाे देखिन्छ । यही मेलाेमा सामाजिक कार्यमा सक्रिय शान्ता शर्मा र पत्रकार शिव पाण्डे सहितकाे समूहले काठमाण्डाैकाे बालुवाटारमा अर्गानिक मार्ट सञ्चालनमा ल्याएका छन् ।  नेपालमा किसानहरूले उत्पादन गरेकाे तरकारी तथा फलफूलकाे उचित मूल्य पाउन सकेका छैनन् । बिचाैलियाहरू कै कारण किसानहरूले उचित मूल्य पाउन नसकेकाे भन्दै बिचाैलियाबाट मुक्त तुल्याई किसानहरूबाट सिधै खरिद गरी उपभोक्तासम्म पुर्याउन अर्गानिक मार्ट सञ्चालनमा ल्याएकाे सञ्चालक शान्ता शर्माले कृषि अनलाइनलाई बताए । काठमाण्डाैकाे केन्द्र  एवं महत्वपूर्ण स्थानका रूपमा परिचित बालुवाटारमा सञ्चालनमा आएकाे साे अर्गानिक मार्टमा हिमाली क्षेत्रका कृषि उपज, बिषादी रहित तरकारी एवं फलफूल   निकै  सस्ताे मूल्यमा बिक्री बितरण हुँदै आएकाे छ । जसका कारण किसानहरूले समेत उचित मूल्य पाउने बिश्वास गरिएकाे छ ।

प्रकाशित मिति: सोमवार, अशोज ११, २०७८