बुधबार, बैशाख १९, २०८१

मुखैमा आएकाे गहुँ बालीसहितको खेत पहिरोले बगाएपछि…

बाजुरा । मुखैमा आएको बाली असिना पानीले नष्ट हुँदा त रूनु न हाँस्नु हुन्छ भने मुखैमा आएकाे सिंगै गहुँ बालीसहितको खेत पहिरोले बगायाे भने कस्तो होला ? यस्तै भएको छ बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका किसानहरूलाई । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताउँछन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।

पहिराले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ । एकातिर दोस्रो भेरियन्टका रूपमा फैलिरहेको कारोना भाइरसको चिन्ता छ, भने अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १६, २०७८