आइतवार, बैशाख १६, २०८१

चिनी मिलले मदिरा उत्पादन गर्न थालेपछि स्थानीय विरोधमा

कञ्चनपुर,जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका हुन् ।

विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले यस वर्षदेखि मदिरासमेत उत्पादन गर्न थालेको वडाध्यक्ष हरिलाल चौधरीले जानकारी गराएका छन् । मदिरा उत्पादन बन्दको माग गर्दै ३७१ जनाको हस्ताक्षर गराई सोमबार नगरपालिकामा विरोधपत्र पेश गरिएको उनले बताए । चिनी मिलबाट उत्पादनका रुपमा निस्कने सिराबाट सुगर इन्डस्ट्रिजले मदिरा उत्पादन गर्न थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ८, २०७५