शुक्रबार, चैत्र १६, २०८०

कुचो उद्योग स्थापना

दाङ,लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ । स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले रु ५० लाखको लगानीमा सो उद्योग स्थापना गरेका हुन् ।

बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक भुसालले बताए । स्थानीयवासीको मागलाई ध्यानमा राखि उद्योग सञ्चालन गरेको उनको भनाइ छ । उक्त नयाँ उद्योगको मंगलबार एक कार्यक्रमकाबीच लमही नगरपालिका–३ का वडाध्यक्ष बाबुराम चौधरीले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ८, २०७५