मङ्लबार, बैशाख १८, २०८१

कृषि यन्त्र मर्मत र सञ्चालनका लागि तालिम शुरु

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा कृषि मेशिन मर्मत तथा सञ्चालन तालिम शुरु गरेको छ । १५ दिने सो कृषि मेशिन मर्मत तथा सञ्चालन तालिमको कृषि तथा पशुपनछी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले उद्घाटन गरेका थिए । विभिन्न जिल्लाबाट आएका २२ जना सहभागीहरुलाई कृषि मेशिनरी औजारहरु पावर टिलर र मिनी टिलरको मर्मत तथा सञ्चालन सम्बन्धी तालिम दिइने छ ।

देशको बिभिन्न जिल्लाबाट खुल्ला आवेदनबाट प्राप्त भएको सहभागी मध्येबाट बिभिन्न मुल्याङ्कनको एवं मेरिटको आधारमा २० जनालाई र २ जना महिलालाई यो क्षेत्रमा आकषर्ण गर्न संघले आफ्नै श्रोतबाट छनौट गरेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।
नेपालमा अहिलेसम्म ५० हजार बढी किसानले पावर टिलर र २ लाख बढीले मिनी टिलर प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख ५, २०८१