आइतवार, बैशाख २३, २०८१

किर्ते कागज बुझाएको मुद्दा छल्दै अन्तरिम आदेश लिएर आए झा

काठमाडौं । भ्रष्टाचारको मुद्दा अख्तियारमा छ । महाप्रवन्धक हुँदा अनुभवको किर्ते काजग बुझाएका र अन्य कागज किर्ते गरेको मुद्धा अदालतमा विचारधिन हुँदा हुँदै त्यही अदालतबाट अन्तरिम आदेश लिएर दुग्ध विकास संस्थानका महाप्रवन्धक सञ्जिव झा कार्यालय फर्केका छन् ।

दुग्ध विकास संस्थानमा महाप्रवन्धक भएर आएदेखि नै विवादै विवादमा मुछिएका झालाई किसानहरुको तिर्नु पर्र्न वक्यौदा तिर्न बोर्डले दिएको आदेश अटेर गरी किसानलाई भुक्तानी नदिएको । संस्थानबाट विक्री गरेको दूधको रकम व्यक्तिगत प्रयोजनमा खर्च गरेको लगायतको आरोप झालाई लागेको छ ।

संस्थानलाई डुवाउन उनले गरेका अनगिन्ती दोषहरुलाई मौन बसेर मन्त्रालय दुधको समस्या समाधान गर्नका लागि विज्ञका रुपमा मन्त्रालयमा आउन पत्राचार गरे लगतै अदालतमा स्टे अर्डर लिन पुगेका झा पुस २९ गते नै हाजिर गर्न संस्थान पुगेका थिए ।

आफ्ना गल्तीहरु लुकाउन र संस्थानभित्र भएको आर्थिक अनियमितता लुकाउन झाले पदको दुरुपयोग गर्दै केही सञ्चार माध्यमहरु समेत प्रयोग गर्न सफल भएका छन् । तर झाले दुग्ध विकास संस्थान डुवाउनका लागि गरेका दर्जनौ गलत निर्णय गरेका छन् । आफ्ना गलत निर्णयहरु लुकाउने अभियानमा ज्यान फालेर लागिरहेको संस्थान श्रोतले बताएको छ ।

अदालतबाट अन्तरिम आदेश लिएर आएका महाप्रवन्धकलाई कार्यालय प्रवेश रोक लगाउने कर्मचारी संगठनहरु भने असफल बनेका छन् । झाको अवधि करीव २ महिना मात्र वाँकी रहेता पनि फेरि महाप्रवन्धक बन्ने दौडमा पनि लागेका थिए । पछिल्लो घटनाक्रमले झालाई फेरि महाप्रवन्धक बन्ने बाटो त वन्द नै गराईदिएको छ । त्यत्ति महाप्रवन्धक बन्न नपाएपनि पुरानै पदमा फेरि जागिर खाने रहर समेत सकिएको छ ।

अख्तियार दुरुपयोय अनुसन्धान आयोगमा रहेको आर्थिक हिनामिनाको फाईल र महाप्रवन्धक बन्नका लागि बुझाएका किर्ते कागज अदालतले विचाराधिन अवस्थामा रहेकाले दुग्ध विकास संस्थानबाट झाको अमिलो बर्हिगमन हुने संकेत देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०