शनिबार, बैशाख २९, २०८१

प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको पूर्व तयारी पूरा

कास्की । कृषिमा यान्त्रिकरणको अवलम्वन, कृषि कार्यमा परिवर्तन मूल नारा सहित नेपाल कृषि मेशिनरी व्यवसायी संघद्धारा आयोजिन प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनी पोखरामा पुस २० गतेदेखि २२ गतेसम्म हुँदैछ । यान्त्रिकरण प्रदर्शनको सम्पूर्ण पूर्व तयार सकिएको संघ अध्यक्ष कृष्ण शर्माले जानकारी दिएका छन् ।

पोखरा प्रर्दशनी केन्द्र, नयाँ बजारमा हुन गईरहेको सो प्रदर्शनी शुक्रबार विहान १० बजे औपचारिक रुपमा उद्घाटन हुने भएको छ । प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिव ५ करोड मूल्य वरावरको कारोवार हुने अनुमान गरिएको छ । कृषक, कृषिकर्मी, उधमी, ब्यवसायी, कृषि बिज्ञ, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायतगरी करिव २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य राखेको आयोजक सस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघले जनाएको छ ।

एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरणरयन्त्रहरु तथा सेवाहरुका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरुलाई कृषियान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषियान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य रहेको अध्यक्ष शर्माले बताए । उनका अनुसार प्रदर्शशनीबाट कृषियन्त्र, उपकरणहरुको प्रवर्द्धनमा वृद्धि भई कृषियान्त्रीकरणमा सहयोग पुर्याउन, कृषियान्त्रीकरण व्यवसायी र उपभोक्ताहरु बीच समन्वय गर्न, व्यावसायीक कृषि प्रणाली सम्बन्धी चेतना अभिवृद्धि गर्न तथा लगानीको अवसर सिर्जना हुने आशा गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस १९, २०८०