आइतवार, बैशाख १६, २०८१

फूल विक्री नभएपछि सित्तैमा लैजाउ भन्दा पनि लगेनन्

काठमाडौं । सोमबार दिउँसो २ बजेतिर भृकुटी मण्डपमा सयपत्री फूलका माला बेच्न बसेकी रमिला श्रेष्ठ कराउँदै थिईन, ‘ आउनुहोस्, सित्तैमा माला लिएर जानुहोस्’ । उनको कुरा सुनेर धेरै उपभोक्ता अचम्मित नपरेका पनि होइनन् । तर यथार्थ त्यही नै थियो । नेपालमा उत्पादन भएका सयपत्री फूल विक्रीका लागि फ्लोरिकल्चर एशोसिएन नेपाल, काठमाडौं महानगरपालिकाले समन्वय गरेर भृकुटी मण्डप, तीनकुने लगायतका स्थान तोकेको थियो । तर त्यहाँ फूल विक्री नभएपछि जिल्ला जिल्लाबाट आएका किसानहरुले फूल विक्री नभएर फिर्ता लान सक्ने अवस्था नभएपछि निःशुल्क लैजान हारगुहार गरिरहेको थिए ।

फूल र बत्तीको पर्व मानिने नेपालीहरुको दोश्रो महान चाड तिहारको समयमा नेपाली फूल विक्री भएन । नेपाली उत्पादनलाई प्रवद्र्धन गरौं भन्ने नारा त राम्रै यियो । तर नेपाली फूल कति विके भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । विगतदेखि नै छिमेकी देशहरुबाट आयात हुने सयपत्री फूलका कारण करोडौं रुपैयाँ बाहिरिने गर्दथ्यो । फूल अर्थात पुष्प उत्पादनलाई व्यवसायिक बनाउनका लागि माउ संस्था कृषि विकास मन्त्रालयले विगतदेखि नै प्रयास नगरेको पनि होइन । तर जति लगानी गरेपनि बालुवामा पानी नै भएको थियो । भारतबाट आयात हुने सयपत्री फूल रोकिएन ।

नेपाली किसानहरुले उत्पादन गरेको फूलले बजार नपाउँदा यस वर्ष फूल उत्पादन गर्ने किसानहरु मारमा परेका छन् । तिहारको पहिलो दिन फूल विक्री हुने काठमाडौं उपत्यकामा महत्वपूर्ण स्थानहरुमा भारतीय फूलले ने बर्चश्व जमाईरहँदा नेपाली फूलहरुले भने उपभोक्ता पाउन ननै मुश्किल भएको थियो । अघिल्लो दिनसम्म भारतीय फूलले बजार राम्रै पाएपनि यम पञ्चकको पहिलै दिनबाट नेपालमा उत्पादन भएको फूल विक्री नभएको मात्र होइन ।

विभिन्न जिल्लाबाट आफूले उत्पादन गरेको सयपत्री पूmल विक्री गर्न आएका किसानहरुले फूल निःशुल्क बाँड्नु पर्ने अवस्था आईपरेको थियो । तिहारको तेश्रो दिन भृकुटी मण्डपमा फूल विक्री गरिरहेका व्यवसायीहरुले उपभोक्तालाई शुल्क लिए होइन निःशुल्क माला लैजान आग्रह गरिरहेको थिए । यसले के प्रष्ट पारेको थियो भने । अघिल्लो वर्ष नेपाली फूल नभएर भारतीय फूलले बजार लियो । नेपाली किसानहरु उत्साहित भएर फूल उत्पादनमा लगानी गरे ।

यस वर्ष फूल आयात गर्न नपर्ने गरी फूल उत्पादन भएको व्यवसायीहरुले बताईरहँदा करोडौंको फूल यमपञ्चक शुरु नहुँदै नेपाल भित्रिसकेको थियो । त्यही फूल विक्री भयो । नेपाली फूल विक्री भएन अव यो वर्ष किसान घाटामा परे । सरकार दङ्ग छ । अव अर्को बर्ष फेरि नेपालमा फूल उत्पादन घट्ने छ र अर्को वर्ष फेरि भारतबाट नै करोडौ हैन अवौंको फूल आयात हुने संकेत देखिएको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक २७, २०८०