शनिबार, बैशाख २२, २०८१

सीतारामको गुणस्तरहीन दुग्ध पदार्थ बजारमा छ्याप्प छ्याप्ती, मतिना र सुमित दंग

काठमाडौं । जव दशै तिहार जस्ता पर्वहरु नजिकिन्छन् त्यसपछि शुरु हुन्छ उपभोक्तामाथि खेलवाड । बालबालिकादेखि बृद्ध एवं विरामीसम्मले अनिवार्य प्रयोग गर्ने दुध एवं दुग्धजन्य पदार्थमा गुणस्तरीय एवं म्याद भएका मात्र बजार विक्रीका लागि पठाउनु पर्ने हुन्छ । तर दूध तथा दुग्ध पदार्थ विक्री गर्ने आईरहेको सीताराम गोकुल मिल्क्सले भने अहिले उपभोक्तालाई पंगु बनाउँदै दुग्ध पदार्थमा वम्पर उपहारका नाममा स्टक सामग्री भिडाउने प्रयासमा रहेको देखिन्छ ।

भारतबाट आयात गरिएको म्याद सकिन लागेको धूलो दूधबाट उत्पादन भएका दुग्धजन्य पदार्थ खरिद गर्ने ग्राहकहरुका लागि वम्वर उपहारको प्रलोभन पारेको छ ।

उपभोक्तालाई यो वा त्यो नाममा आफ्ना उत्पादन विक्री गर्नका लागि प्रलोभन हुने किसिमका उपहार योजनाहरु ल्याउन नपाउने नियमको खिल्ली उडाउँदै दूध तथा दुग्धजन्य पदार्थमा वम्वर उपहार भन्दै कम गुणस्तर, म्याद गुज्रिन लागेका गोदाममा थन्क्याएर राखिएको धूलो दूधलाई घोल दूध तथा त्यसबाट अन्य दूग्ध पदार्थ उपभोक्ता माझ पु¥याईरहेका छन् ।

अहिले बजारमा सीताराम गोकुल मिल्क्सका कम गुणस्तरका दूग्ध पदार्थ छ्याप्प छ्याप्ती फेला पर्न थालेको छ । खाद्य गुणस्तर परिक्षण गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यलाई आर्थिक प्रभावमा पारेर सीतारामका मालिक सुमित केडियाले आफ्नो व्यापार राम्रै फस्टाएका छन् ।

यस अघि पनि सीतारम गोकुल मिल्क्सले म्याद गुज्रिन धूलो दूधलाई घोलेर काठमाडौंका विभिन्न चोक चोकमा निःशुल्क दूध सेवन कार्यक्रम नै सञ्चालन गरेको थियो । त्यसबेला पनि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागमा उजुरी परेको भएपनि महानिर्देशक मतिना कै कारण गुणस्तर चेक जाँच रोकिएको थियो । पहिलो पटक महानिर्देशक वन्दा विवाद भएपछि बागमती प्रदेशमा सरुवा भएकी बैद्य फेरि आर्थिक एवं राजनीतिक शक्ति कै आडमा पुन : विभागमा महानिर्देशक हुन आएकी हुन् ।

केडियासँगको प्रलोभनमा दूध तथा दुग्ध पदार्थमो गुणस्तर परिक्षण नगरिदिएकै कारण मतिना त दंग छँदैछिन् आफूसँग स्टक रहेको धूलो दूध विक्री गर्न पाएकोमा सुमित केडिया पनि दंग परेका छन् ।

स्मरण रहोस् सीताराम गोकुल मिल्क्सका मालिक सुमित केडिया स्वयं आफ्नै कम्पनीले उत्पादन गरेको दूध तथा दही प्रयोग गर्दैनन् । आर्थिक प्रभावका कारण महानिर्देशक बैद्यको निर्देशनमा खाद्य प्रविधि विभाग सीताराम मिल्क्सका दुधजन्य पदार्थ गुणस्तर परिक्षण गर्ने पछि हटिसकेकाले बाणिज्य विभागको अनुगमन टोलीले यसको परिक्षण गर्नु पर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, अशोज २४, २०८०