बिहिबार, बैशाख २०, २०८१

आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङ,

ताप्लेजुङ। फुङलिङ हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादन बढेको छ । केही वर्ष आलु उत्पादन घटे पनि अहिले उत्पादनमा सुधार आएसँगै किसान उत्साहित भएका छन् ।

ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेका थिए । गत साता आलु खन्दा २० मुरी आलु संकलन गरे । सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकामा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीका रूपमा आलुखेती गर्दै आएका छन् ।

वितगका वर्षमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमी आएको स्थानीय उटुक शेर्पाले बताए । आलुको भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो । बीउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बीउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताए । तर गत वर्षभन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज २३, २०८०