मङ्लबार, बैशाख १८, २०८१

नेपालीका मालाहरु बजारमा आउन थाले,

काठमान्डौ। गुल्मी जिल्लामा व्यवसायीक रुपमा फूल खेती नहुँदा फूलका निम्ती बुटवल लगायत अनेत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा हुँने ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो ।

तर पछिल्लो समय जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी फूल खेती शुरु हुन थालेका छन् । जिल्लाको इस्मा गाउँपालिमा एक जना युवाले फूल खेती सुरु गरेका छन् ।

पछिल्लो समय कृषिलाई आफ्नो व्यावसाय बनाएर लागेका युवा इस्मा गाउँपालिका वडानम्बर(३ का गोकर्ण नेपालीले पुष्प खेतिको सुरुवात गरेका हुन् ।उनले केहि वर्ष बिदेशबाट फर्केर गाउँमा घाँसका विरुवाहरु पनि उत्पादन गर्दै आएका छन् ।

घाँसका विरुवा उत्पादनसँगै यसवर्षदेखि फूल खेती पनि सुरुवात गरेका छन् । गाउँपालिकाले धेरै कृषकलाई पुष्प खेति गरेर बाहिरबाट आयात हुने फूलका मालाहरु विस्थापित गर्न अभियान चलाएको थियो । तर कसैले पनि फूल खेती गर्न चासो देखाएका थिएनन । यहिँ क्रममा नेपालीले यसवर्षदेखि व्यवसायीक रुपमा फूल खेतीको सुरुवात गरेका हुन् ।

व्यवसायिक रुपमा पुष्प खेतीलाई प्रोत्साहन गर्नका लागि इस्मा गाउँपालिकाले नेपालीलाई नगद ६० हजार अनुदान दिएको छ । नेपालीले आफ्नो ८ रोपनी जग्गामा ६ हजार बढि फूलका विरुवाहरु रोपेका छन् ।

केही फूलहरु अहिले फुलिरहेका छन् । केही फूलहरु तिहारमा र केही तिहार पछाडि फुल्ने गरि ब्याड निर्माण गरि लगाइएको कृषक गोकर्ण नेपालीले बताए । उनले अहिलेसम्म ५ देखि ६ वटा कार्यक्रममा ३५ हजार सम्मको फूल बिक्री गरिसकेको बताए ।

जिल्लामा हुँने कार्यक्रमको लागि नेपालीका मालाहरु बजारमा आउन थालेका छन् । यसले गर्दा कृषि कर्म उनलाई उत्साह थपेको बताए । यसवर्ष उनले १ लाख ५० हजार बढिको फूलका माला बेच्ने लक्ष्य रहेको नेपालीको भनाइ छ । ६ हजार बढि फूलबाट इस्मा गाउँपालिकामा आबश्यक पर्ने फूलका मालाहरु पुगेर अनेत्र बिक्री गर्न सकिने उनले बताए ।

गाउँपालिकामा यति धेरै फूल खपत नहुने देखेपछि अनेत्र बिक्री गर्न थालेनेपालीको भनाइ छ । पालिकाले धेरै नागरिकलाई फूल खेती गर्न आग्रह गरेपनि कसैले पनि चासो नदेखाएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

उनले पालिकामा एक जना कृषकले भएपनि व्यवसायीक रुपमै फूल खेती गरेर पालिकालाई फूलका मालामा आत्मनिर्भर हुने मद्दत मिलेको बताइन । चाडपर्वमा फूलका मालाहरु नपाइदा बाहिरबाट आयतित कृतिम फूलका मालाहरु बजारमा आउने गर्दछन् ।

त्यही कृत्रिम फूलका माला विस्थापित गर्न पालिकाले फूल रोप्ने समयमा सबैलाई व्यवसायीक रुपमा खेती गर्न आग्रह समेत गरेको पालिका उपाध्यक्ष कुँवरले बताइन । व्यवसायीक फूल खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न पालिकाले आर्थिक सहयोग पनि गर्ने गरेको कुँवरको भनाइ छ ।

प्रकाशित मिति: सोमवार, अशोज २२, २०८०