मङ्लबार, बैशाख १८, २०८१

ड्रागन फलले लिदैछ बजार

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो
२०७९ साल वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौं पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन् ।

‘अझै पनि फार्मबाट करिब रु ६ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छ’, उनले भनिन् । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उनी बताउँछिन् । उनले भनिन्, ‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।’ १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा रहेको छ ।

उनलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उनले बताइन् ।

वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’,उनले भनिन्, ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’

उत्पादित ड्रागन प्रतिकिलो रु।पाँच सयदेखि रु।६ सयसम्म बिक्री हुने गरेको उनले बताइन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक रु।२० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन् ।

बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकी छन् ।

उनले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिइन् । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब रु १० हजारका दरले खर्च भएको उनको भनाइ छ ।

त्यसैगरी कृषक गौलीले यस वर्ष रु तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन् । प्रतिबिरुवा रु दुई सयदेखि रु पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।

त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गरेका छन् । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: मङ्लबार, अशोज १६, २०८०