मङ्लबार, बैशाख १८, २०८१

गैर व्यवसायीको नेतृत्व गर्दै कृषि मेशिनरी संघले पायो नयाँ अध्यक्ष

काठमाडौं । पेशागत सुरक्षाका लागि खुलेको अधिकांश संगठनहरुमा नेतृत्व लिने होडबाजी स्वरुप गैर पेशाका व्यक्तिलाई पनि सदस्य बनाएर संस्थाको नेतृत्व लिने गर्दछन् । अधिकांश पेशागत संस्थाको पछिल्लो समस्या नै गैर पेशागत सदस्यता हुन थालेको छ । त्यस्तै भएको छ नेपाल कृषि मेशिनरी संघ (नामिया) पनि । नेपालका कृषि यन्त्रको आयात गरी विक्री वितरण गर्ने व्यवसायीहरुको संस्थाका रुपमा एक दशक अघि २०७१ सालमा स्थापना भएको यो संस्थाभित्रको किचलो बेग्लै नै छ ।

संस्थाको शुरुवाती चरणबाट विवादिन हुँदै एक दशक विताएको कृषि मेशिनरी संघमा भोटका लागि गैर व्यक्तिहरु पनि सदस्य हुने मौका पाएका छन् । यसले पक्कै पनि नेपालको कृषि यान्त्रीकीकरण तथा आधुनिकीकरणमा सहज हुने देखिँदैन ।

असोज ५ गते पोखरामा हुने भनिएको अधिवेशनका लागि वर्तमान अध्यक्ष खोजराज कटवाल र वर्तमान महासचिव कृष्ण शर्मावीच प्रतिष्पर्धा हुने भनिएपनि अन्तिम चरणमा आएर कटवालले प्रतिष्पर्धामा भाग लिएनन् । जसका कारण अध्यक्षमा निर्विरोध रुपमा कृष्ण शर्मा निर्वाचित हुने भएका छन् । त्यस्तै उपाध्यक्षमा पूर्व पत्रकार सुनिता न्हेमाफुकीले र सविन्द्र त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् । भने महासचिवमा अर्जुन लुईटेल र झमकप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सचिवमा गौरव श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा राजेन्द्र जंग रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, रोशन प्रसाद ढकाल, सकुन्तला कुमारी सुवेदी, पुस्कर गिरी, हरि खरेल, केशव गैरे, गणेश प्रसाद वस्याल र सूर्य गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।संघको निर्वाचन असोज ५ गते पोखरामा हुने छ ।

स्थापना कालमा भारत तथा चीनबाट कृषि यन्त्र तथा मेशिन आयात गरी विक्री गर्ने व्यक्ति वा कम्पनीका सञ्चालन सदस्य रहने गरी स्थापना गरिएको यो संस्था अहिले नयाँ नेतृत्व चुनिरहँदा कृषि मेशिनरी व्यवसायीहरुको संस्था हो र भन्न थालिसकेका छन् ।

एकातिर संघको सदस्यता पनि लिने र अर्कोतिर यो कृषि मेशिनरी व्यवसायी संघको संस्था नै भएन भन्ने पनि देखिएका छन् । संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायत कृषि सम्वन्धी गैरसरकारीलाई समेत प्रभावमा पार्ने कृषि यन्त्रको व्यापार गर्ने काम बाहेक केही पनि गरेको देखिँदैन ।

नेपालको कृषि क्षेत्रको विकासका लागि कृषि मेशिनरीलाई बढी भन्दा बढी प्रयोग गराउन सक्नु पर्ने ठाउँमा केवल आयात गर्ने र राज्य कोष रित्याउन काम बाहेक अरु गर्न नसकेको आरोप लागेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १, २०८०