आइतवार, बैशाख ३०, २०८१

लम्पी स्किनको भ्याक्सिन निःशुल्क उपलब्ध गराउने डा बेदुरामको ढाडस

काठमाडौं । लम्पी स्किनको भ्याक्सिन निःशुल्क किसानहरुलाई उपलब्ध गराउने गरी योजना बनाएको ढाडस कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले पत्रकारहरुलाई सुनाएका छन् । मन्त्री भएको पाँच महिनापछि पत्रकार सम्मेलन गरेर मन्त्री भुसालले सो कुरा बताएका हुन् । आफू पदबहाली भएर आएपछि गरेका कार्यको फेहरिस्ता मन्त्रालयका प्रवक्तालाई पढ्न लगाएर मन्त्री भुसालले मन्त्रालयले गर्ने कार्यक्रम उस्तै किसिमको हुने भएकाले नयाँ काम नदेखिएको समेत बताए ।

लम्पी स्किनका कारण करीव ६४ अर्वको पशुधन क्षति भएपछि बल्ल मन्त्री भुसालले भ्याक्सिन ल्याउने तयारी गरिरहेका छन् । जुन बेला मन्त्रालयले भ्याक्सिन लम्पी स्किन संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि भ्याक्सिन ल्याउँछ त्यसबेला किसानहरु चकनाचुर भईसक्ने छन् ।
आर्थिक मोहका फसेको पशु सेवाका उच्च अधिकारीका कारण लम्पी स्किनले महामारीको रुप लिएको हो ।

लम्पी स्किन संक्रमण देख्नासाथ यदि सोचिदिएको भए सायद अहिलेको महामारी हुने थिएन । तर मन्त्री बेदुराम भुसाmले पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले उठाएका प्रश्न जवाफ सन्तुष्ट हुने गरि दिन सकेनन् । आफूलाई पनि पत्रकार भन्न रुचाएका मन्त्री भुसालले कृषि मन्त्रालयसँग सम्वन्धित प्रकाशित समाचारहरु प्रति रुष्ट देखिएका थिए ।

पत्रकार सम्मेलनमा उलने भने,‘ म पनि लेख्ने मान्छे हुँ, म पनि कुनै बेला पत्रकार थिएँ तर समाचार लेख्दा मन्त्रालयसँग समन्वय गरिदिनु होला ।’ उनले थपे अहिले मलको अभाव मुक्त भएको छ । ८० हजार मेट्रिकटन मल मौज्दात रहेकोले यो वर्ष मलको अभाव किसानले खेप्नु नपर्ने गरी व्यवस्था गरेका छौं ।

प्रकाशित मिति: सोमवार, भदौ १८, २०८०